काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेता केशव झाले प्रतिनिधि सभा विघटन पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक र संविधानको रक्षाको पक्षमा भएको बताएका छन्। प्रतनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि नेपाल लाइभसँग कुराकानी गर्दै झाले यस्तो बताएका हुन्।
‘सर्वोच्चको फैसला स्वागतयोग्य हो। यस्तो फैसला गर्ने सर्वोच्चका न्यायाधीशले सबैमा सम्मान छ,’ नेता झाले भने, ‘न्याय मर्दैन भन्ने पुष्टि भएको छ।’ अब संविधान पालना र प्रतिनिधि सभा सुरु भएर जनताको पक्षमा काम गर्ने आशा गर्न सकिने उनले बताए।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिस राष्ट्रपति विद्यादेवि भण्डारीले केही घण्टामै अनुमोदन गरेकी थिइन्।
अनुमोदनपछि नेकपाका नेताहरुसहित सर्वोच्चमा १३ थान निवेदन दायर भएको थियो। उक्त निवेदनमा फैसला सुनाउँदै मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय गैरसंवैधानिक भएको फैसला सर्वोच्चले सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।