काठमाडाैं– भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भनि सर्वाेच्च अदालतको निर्णय राम्रो खबर भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटर मा उनले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गरेका छन्। भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशासमेत व्यक्त गरेका छन्। ‘अब भारत–नेपाल सम्बन्धमा सुधार आउने छ ’ उनले लेखेका छन्।
सर्वोच्च अदालतले मंगलबार संसद विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको हो। पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गरेका थिए।
उक्त सिफारिस राष्ट्रपति विद्यादेवि भण्डारीले सोही दिन अनुमोदन गरेकी थिइन्। सर्वाेच्चले संसदको अधिवेशन शुरु हुने समयमा विघटन गरेको भन्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।