काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक भनेका छन्।
बुधबार चितवनमा आयोजना हुने विरोध सभामा सम्बोधन गर्नका लागि चितवन पुगेका उनले फैसला गर्ने न्यायाधीशहरुलाई बधाई दिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनलाई चालेको कदमले जनतामा ठूलो पीडा पैदा भएको बताए। उनले अलिकति पनि लाज र नैतिकता भए राजीनामा दिन ओलीलाई सुझाए। 'राजीनामा दिनुभएन भने कसैको नभएको दुर्गति हुने छ,' उनले भने।
उनले अब राजनीतिक दलहरुबीच सहमति र सहकार्य गर्ने बताए। उनले आफूहरुको लडाइँ कुर्सीका लागि नभई संविधानको रक्षाका लागि भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।