काठमाडौं- प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पूर्वप्रधानन्यायाधीशहरूले संविधानवादको जित भएको टिप्पणी गरेका छन्। पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा र मीनबहादुर रायमाझीले यस्तो टिप्पणी गरेका हुन्।
'अन्ततः सर्वोच्चको फैसलाले संविधानवादको जित भएको छ। विगतमा पनि संविधानको मर्मको कुरा गरेका थियौँ,' शर्माले भने। उनले फैसलाले संविधानको बाटो लिनेमा खुशी लागेको बताए।
अर्का पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले पनि सर्वोच्चको फैसलाले खुशी लागेको बताए। 'सर्वोच्चको फैसला संविधानवादको रक्षामा भएको छ,' उनको प्रतिक्रिया छ। उनले विगतमा पनि आफूहरुले संविधान जिउँदो हुनुपर्ने भनेको उनको तर्क थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले ओलीको प्रतिनिधि सभा विघटनलाई कानुनसम्मत नभएको भन्दै त्यसलाई शून्यमा परिणत गरेको छ। प्रतिनिधि सभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशहरुले विघटनको निर्णय संविधानको गलत धाराको अप्रसाङ्गिक प्रयोग भएको टिप्पणी गरेका थिए।
उक्त टिप्पणीलाई लिएर उनीहरुले अदालतको अवहेलना मुद्दासमेत खेपेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।