काठमाडौं– नेकपा नेता माधवकुमार नेपालले ओली युगको अन्त्य भएको बताएका छन्। चितवन पुगेका नेपालले सर्वोच्चको फैसलापछि पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।
उनले भने, 'ओलीयुगको अन्त्य भयो। सत्यको जित भयो। न्यायको जित भयो। नेपाली जनताको जीत भयो।'
उनले ओली माफीका समेत लायक नभएको बताएका छन्। चितवनमा बुधबार हुने आमसभालाई विजय उत्सवका रुपमा मनाइने बताएका छन्।
उनले न्यायको पक्षमा दृढताका साथ संघर्षको मैदानमा उत्रिने सवैप्रति आभार प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।