काठमाडौं- निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। शुक्रबार साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आयोगले दुई विषयमा छलफल गर्न बोलाएको प्रवक्ता श्रेष्ठले बोलाए। निर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीका सन्दर्भमा छलफलका लागि बोलाइएको हो।
दुवै पक्षलाई अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधिलाई पठाउन भनिएको छ। प्रतिनिधि सभा विघटनपछि नेकपा अनौपचारिक रुपमा विभाजन भइसकेको छ।
सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको भए पनि समयमै निर्वाचन हुनेमा आशंकाहरु व्यक्त भएका छन्। त्यसका अन्य कारणका अतिरिक्त नेकपाको विवाद पनि एक कारण हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।